गृहपृष्ठ केपी ओलीबाटै मुलुकलाई खतरा : गगन थापा
केपी ओलीबाटै मुलुकलाई खतरा : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै मुलुक खतरामा रहेको टिप्पणी गरेका छन् । जीपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा गगनले प्रधानमन्त्री ओलीले मुलुकलाई भड्खालोमा हाल्न लागेको टिप्पणी गरेका हुन् ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नै नसक्ने उनले दाबी पनि गरे । ‘विधिको शासनमा नरहनु, संविधानको उल्लंघन गर्नु र एकदलीय शासन लागू गर्न खोज्नु नै ओलीबाट मुलुक खतरामा पर्दै गएको सूचक हो,’ गगनले भने, ‘जनताले यो कुरा बेलैमा बुझ्नुपर्छ ।
प्रकाशित समय १८:१४ बजे
















