गृहपृष्ठ बिमस्टेक : उद्घाटन सकियो, भिभिआईपीहरु रात्रीभोजमा सहभागी हुने

बिमस्टेक : उद्घाटन सकियो, भिभिआईपीहरु रात्रीभोजमा सहभागी हुने

बिमस्टेकको उद्घाटन सत्र सकिएको छ । उद्घाटनका क्रममा बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गरे का थिए ।

बिहीबारको औपचारिक कार्यक्रम सकिएको छ । साँझ ६ बजे उद्घाटन सकिएसँगै प्रधानमन्त्री ओलीले होटल हायातमा आयोजना गरेको रात्रीभोजमा अतिथीहरु सहभागि हुनेछन् । शुक्रबार बिहान ११ बजे बिमस्टेकको दोस्रो सेसन सुरु हुने छ ।

महत्वपूर्ण विषयमा हस्ताक्षर गर्दै काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलंकाले गर्नेछ । यसअघि सदस्य राष्ट्रका प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दिवाभोजको आयोजना गरेकी थिइन् ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु