गृहपृष्ठ १५ सेप्टेम्बरमा ओसिनिया क्षेत्रमा विज्ञ सम्मेलन 

१५ सेप्टेम्बरमा ओसिनिया क्षेत्रमा विज्ञ सम्मेलन 

अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओशिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित  विज्ञ सम्मेलनको आयोजना हुने भएको छ ।  आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलनकै पूर्वतयारीको रुपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी समेत गरिने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए ।

यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहने छ । अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउनेछन् ।

कार्यक्रमको निष्कर्षलाई यही अक्टोबरमा काठमाडौंमा दुई दिनसम्म हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनलाई ठोस सहयोग र सल्लाह पुर्याउने विश्वास आयोजकले लिएको संयोजक अधिकारीले बताए । कार्यक्रममा विभिन्न विषयहरुमा कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

 

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु