गृहपृष्ठ असोज ११ देखि ‘दशैंको बेला, सस्तो मेला’

असोज ११ देखि ‘दशैंको बेला, सस्तो मेला’

इभेन्ट सोलुसन प्रालिको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको प्रवद्र्धनमा काठमाडौंमा असोज ११ गतेदेखि दशैं मेलाको अयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने मेला ‘दशैंको बेला, सस्तो मेला’ नाम दिइएको छ ।

भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा दशैंका लागि आवश्यक सबै सामग्रीहरु उपलब्ध हुने आयोजकले जानकारी दिएका छन् । कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल तथा होम अप्लाइन्सेजका स्टलहरु रहने बताइएको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु