गृहपृष्ठ सन् २०२२ मा सबैभन्दा लामो उडान भर्दै विमान
सन् २०२२ मा सबैभन्दा लामो उडान भर्दै विमान
२० घण्टा उडान, १६ हजार ९ सय ८३ किलोमिटर दुरी
तस्बिर : गुगल
विमान सम्बन्धी जानकारहरु सिड्नीबाट लन्डनसम्मको सिधा फ्लाइट विश्वको सभैभन्दा लामो हवाई यात्रा हुने बताउँछन् । तर, यो यात्रा अहिले उपलब्ध छैन । यद्यपी सन् २०२२ मा भने उपलब्ध हुने बताइएको छ ।
सिड्नीबाट लन्डनको सिधा फ्लाइट करिब २० घण्टाको हुनेछ र यो अवधिमा करिब १६ हजार ९ सय ८३ किलोमिटरको दुरी विमानले तयर गर्नेछ । यो उडानका लागि दुनियाका चर्चित विमान निर्माता कम्पनीले अष्ट्रेलियाको क्वान्टार एयरवेज मेनेजमेन्टसँग कुराकानी सुरु गरेका छन् ।
करिब एक वर्ष पहिले क्वान्टर एयरवेजका सिइओ एलन जाएसले सिड्नीबाट लन्डनको सिधा दुरी तय गर्न सक्ने विमान बनाउने चुनौति दिएका थिए । बोइङ र एयरबसलाई दिइएको उक्त चुनौति निर्माताले सफलतापूर्वक पूरा गरेको एलनले बताएका छन् ।
एलानका अनुसार यो एयरक्राफ्टमा ३०० यात्रीले यात्रा गर्छन् र सन् २०२२ मा यसले आफ्नो पहिलो उडान भर्नेछ । उक्त उडान विश्वमै हालसम्मको सबैभन्दा लामो हुने बताइएको छ ।
प्रकाशित समय ०८:१५ बजे

















