गृहपृष्ठ एसिया कप छनोट : नेपाल हङकङसँग भिड्दै, जित्नै पर्ने दबाब
एसिया कप छनोट : नेपाल हङकङसँग भिड्दै, जित्नै पर्ने दबाब
एसिया कप क्रिकेट छनोटमा नेपाल आज आफ्नो लिग चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ । जित्नैपर्ने दबाब रहेको नेपालले फाइनलमा पुग्नका लागि फराकिलो जित हात पार्नुपर्छ । अहिलेसम्म नेपाल र हङकङको १२ खेलमा भेट भएको छ । जसमा नेपालले ७ तथा हङकङले ५ खेल जितेको छ ।
यसअघि २ मा जित र २ मा पराजित भएको नेपाल आफ्नो अन्तिम खेल जित्ने लक्ष्यका साथ मैदान उत्रदै छ । पहिलो खेलमा ओमान र देस्रो खेलमा यूएईसँगको खेलमा पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक मलेसिया र चौथो खेलमा सिंगापुुरविरुद्ध जित निकाल्दै छनोटको सम्भावना कायम राखेको हो ।
फाइनलमा पुग्नका लागि नेपाल अरुको भर पर्नुपरेको छ । नेपालले हङकङलाई र यूएईलाई ओमानले फराकिलो अन्तरले हराए मात्र नेपाल छनोट हुन्छ ।
छनोट खेलमा ओमान ७ अंकसहित शीर्ष स्थानमा छ । ६ अंक जोडेको यूएई दोस्रो र हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ । ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ ।
प्रकाशित समय ०७:५३ बजे