गृहपृष्ठ साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तान भिड्दै

साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तान भिड्दै

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । बंगलादेशमा आजदेखि सुरु हुने साफ फुटबल २०१८ को पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्न लागेको हो । बंगबन्धु रंगशालामा दिउँसो ४ बजे हुने खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रने छ ।

नेपाल भन्दा पाकिस्तान बलियो मानिन्छ । तर, पाकिस्तान लामो समय फिफको प्रतिबन्दमा परेको थियो । प्रतिबन्धमा परेपछि उसको यो पहिलो खेल हो । नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु