गृहपृष्ठ जनचेतनामूलक तीज कार्यक्रम आयोजना
जनचेतनामूलक तीज कार्यक्रम आयोजना
तीजका नाममा विभिन्न विकृति बढिरहेका बेलामा संस्कृति जगेर्नाका लागि भन्दै सामाजिक जनचेतनामूलक तीज कार्यक्रम आयोजना गरिएको छ । हिन्दू नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा ‘तीज विशेष बृहत सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, अन्तरपार्टी महिला सञ्जाल र वर्क फर नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा तीज कार्यक्रम हुनेछ । लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष योगेश लामा, महिला सञ्जालकी अध्यक्ष मुना ढकाल र वर्क फर नेपालका अध्यक्ष धावा ठोकरले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी तीज कार्यक्रमबारे जानकारी गराएका छन् ।
विकृति, कुरीति र कुसंस्कार अन्त्य गरी संस्कृतिको जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । मानव बेचविचखन तथा ओसारपसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनीकरण गर्न, श्रम तथा श्रमिकका समस्या समाधान र श्रमको सम्मान गर्न कार्यक्रम गरिएको उनीहरुको भनाइ छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु, विज्ञ प्रशिक्षक र नेपालका विशिष्ठ व्यक्तित्व सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रकाशित समय १९:०६ बजे

















