गृहपृष्ठ दूरसञ्चार प्राधिकरणमा झाको पुनरागमन

दूरसञ्चार प्राधिकरणमा झाको पुनरागमन

digamber-jha-newskarobar फाइल तस्बिर

 

दुई महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाले पुनरागमन गरेका छन् । बर्खास्ती भएको दुई महिनापछि प्राधिकरणको अध्यक्षमा पुनः झालाई नै नियुक्त गर्ने निर्णय सरकारले गरेपछि उनको पुनरागमन सम्भव भएको हो ।

आइतबार झाले प्राधिकरण अध्यक्षको पदवाहली गरेका छन् । त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झालाई प्रधिकरणको अध्यक्षमा नियुक्त गरेका थिए । ओली सरकारले पूर्ववर्ति शेरबहादुर देउवाले गरेका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय असार २० मा गरेपछि झा प्रधिकरणको अध्यक्षबाट बर्खास्ती भएका थिए ।

तर, आँफैले गरेको निर्णय उल्टाउँदै सरकारले झालाई सोही पदमा पुनर्नियुक्ति दिएको हो । पदवाहली गरेसँगै झाले कर्मचारीलाई कार्यकक्षमा बोलाएर आफू दुई महिना विदामा बसेको सम्झेर काम गर्न निर्देशन दिए ।

असार २० मा सरकारले पूर्ववर्ति सरकारले गरेका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेसँगै झा सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालत गएका थिए । तर, पछि उनले मुद्दा फिर्ता लिएका थिए । यसलाई धेरैले उनको पुनर्नियुक्तिसँग जोडेर हेरेका छन् ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु