गृहपृष्ठ सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग खेल्ने
सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग खेल्ने
१५ हजार अमेरिकी डलर पाउने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल्ने भएका छन् । सोमबार युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा आवद्ध गरेसँगै सन्दीपले एपिएलमा खेल्ने पक्का भएको हो ।
उनीलाई नान्गहरले १५ हजार अमेरिकी डलरमा आवद्ध गरेको हो । नेपालबाट सन्दीपसँगै पारस खड्का र सोमपाल कामीको नाम परेपनि बोलबोलाइमा सन्दीप मात्रै परे । एपिएल आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुनेछ ।
सन्दीपले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), ग्लोबल टि—ट्वान्टी क्यानडा र क्यारेबियन लिग (सीपीएल) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रकाशित समय ०८:४५ बजे

















