गृहपृष्ठ गोरखाको घट्टेखोलाले ६ घर बगायो
गोरखाको घट्टेखोलाले ६ घर बगायो
गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । गएराति आएको बाढीले ६ घर बगाएको हो । रोले घट्टेखोला थुनिएर बस्तीमा बाढी पसेर ६ घर बगाएको हो ।
स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको गोरखा प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:५९ बजे

















