गृहपृष्ठ एसिया कप क्रिकेट आजदेखि
एसिया कप क्रिकेट आजदेखि
एसिया कप क्रिकेट प्रतियोगिता युएइमा आजदेखि सुरु हुँदैछ । शारजहा क्रिकेट मैदानमा हुने उद्घाटन खेल समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीच नेपाली समयअनुसार बेलुकी सवा पाँच बजे सुरू हुनेछ ।
मलेसियामा सम्पन्न छनौटमा असफल भएपछि नेपाल ठूलो उपलब्धीबाट चुकेको थियो । पाँच टेष्ट मान्यता प्राप्त राष्ट्र र हङकङ गरी ६ टोलीले एसिया कपका लागि प्रतिष्पर्धा गर्दैछन् ।
समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा श्रीलंक, बंगलादेश र अफगानिस्तान छन् । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रकाशित समय ०९:३६ बजे

















