गृहपृष्ठ प्रतिबद्धता भुलेको छैन: प्रधानमन्त्री ओली
प्रतिबद्धता भुलेको छैन: प्रधानमन्त्री ओली
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग गरेका प्रतिबद्धता नभुलेको बताएका छन् ।
पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले जनताको आधारभूत विषयलाई सरकारले ध्यानमा राखेर अघि बढेको बताए । ओलीले कम्युनिष्ट पार्टी एकताले धर्तिमा सुवास फैलिन्छ भन्दा, स्मति सभामा हासो फैलिएको थियो । कम्युनिष्ट विरोधी शक्ति आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फुटाउन लागिपरेको उनको आरोप थियो ।
स्वर्गिय बोगटीले समानता र समाज समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री अाेलीको भनाइ थियो ।
प्रकाशित समय ११:२७ बजे

















