गृहपृष्ठ संविधान दिवस मनाउन प्रदेश ७ मा मूल समारोह समिति गठन
संविधान दिवस मनाउन प्रदेश ७ मा मूल समारोह समिति गठन
प्रदेश नम्बर ७ मा संविधान दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । प्रदेश ७ को मन्त्रिपरिषद् बैठकले असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गर्दै समिति बनाइएको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए ।
असोज २, ३ र ४ गते साँझ दीपावली, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम, २ र ४ गते सरसफाइ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको ¥यालीको आयोजना गरी कवर्डहल पुगेर मुख्य समारोह गरिने छ । सोही दिन प्रदेश प्रमुखले चियापानको आयोजना गरिने भएको छ ।
प्रकाशित समय ११:४३ बजे