गृहपृष्ठ मिनी संसदको निर्वाचन कार्यतालिका सार्वजनिक
मिनी संसदको निर्वाचन कार्यतालिका सार्वजनिक
संघीय संसद अन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । असोज ५ गते शुक्रबार हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको हो ।
बिहिबार समिति सभापतिका लागि समर्थन सहितको नाम प्रस्तव दर्ता गराउने कार्यतालिका छ । बिहिबार बिहान ११ बजेदेखि ५ बजेसम्म प्रस्तव दर्ता गर्ने समय तोकिएको छ ।
त्यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्नेछ । निर्वाचन असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुने छ ।
प्रकाशित समय १२:५३ बजे

















