गृहपृष्ठ अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई आज

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई आज

nabinkumar_newskarobar

संसदीय विषेश सुनुवाई समितिमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको सुनुवाई हुँदै छ ।

समितिले सुनुवाईका लागि दिउँसो १ बजेका लागि बोलाएको छ । घिमिरे विरुद्ध कुनै पनि उजुरी नपरेकाले आजै समितिले निर्णय गर्ने सम्भावना छ ।

गत भदौ २० गते संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो । प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन छ ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु