गृहपृष्ठ फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो
फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६० औं स्थानमा रहेको छ ।
गत महीना नेपाल १६१ औं स्थानमा थियो । बंगलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो ।
फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् ।
भारत र माल्दिभ्स क्रमशः ९७ औं र १५१ औं स्थानमा छन् । भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान क्रमशः १८८, १९३, १९९ र १९९औं स्थानमा छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौं स्थानमा उरुग्वे छ ।
यस्तै इंगल्याण्ड छैटौं, पोर्चुगल सातौं, स्विट्जरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ ।
प्रकाशित समय १७:३९ बजे

















