गृहपृष्ठ ट्याङकर चालकसँग सहमति, पेट्रोलियम पदार्थ सहज हुने

ट्याङकर चालकसँग सहमति, पेट्रोलियम पदार्थ सहज हुने

tankar-newskarobar

आन्दोलित ट्यांकरचालकहरु आन्दोलन फिर्ता लिएर काममा फर्कन सहमत भएका छन् । विगत तीन दिनदेखि आन्दोलित बनेका उनीहरु आन्दोलन फिर्ता लिएर काममा फर्कन राजी भएका हुन् ।

ट्यांकर चालक र सरकारबीच ८ बुँदे सहमतिपछि ट्यांकर चालकहरु रक्सौंल जान थालेका हुन् । नेपाल आयल निगमको दबाबपछि चालकहरु सहमत भएको जनाईएको छ । यससँगै उनीहरुले बन्दका कार्यक्रम फिर्ता लिएका छन् । आन्दोलनका क्रममा पक्राउ परेका सवारी चालकलाई रिहा गर्ने सहमति भएको छ ।

‘निगम र ट्याकरधनीको दबाबपछि तेल लिन जान चालक सहमत भएको र तेल लिन गईसकेका छन्, अब सबै ट्यांकर संचालनमा आउँछ,’ विरगञ्जका पेट्रोलियम ढुवानी व्यवसायीले बताए ।

चालकले ट्याकर नचलाएपछि, निगमले ट्यांकरनै कब्जामा लिएर चालकलाई कारवाही गर्ने चेतावनी दिएको थियो । रक्सौल डिपोबाट तेल नआएका कारण काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा तेल अभाव भएको छ । तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु