गृहपृष्ठ अपडेट : ईरानमा सैन्य परेडका क्रममा आक्रमण, २० जनाको मृत्यु
अपडेट : ईरानमा सैन्य परेडका क्रममा आक्रमण, २० जनाको मृत्यु
आक्रमणमा चार जना व्यक्ति संलग्न रहेकाे अाशंका
ईरानको दक्षिण पश्चिमी शहर अहवाजमा सैन्य परेडका क्रममा हतियारधारी समूहले गोली चलाउँदा २० भन्दा बढी मानिसको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार आक्रमणमा परी अन्य कैयाँ मानिस घाइते भएका छन् ।
ईरानको समाचार एजेन्सी फार्सले स्थानीय समयअनुसार विहान ९ बजे आक्रमण सुरु भएको बताएको छ । करिब १० मिनेट लगातार गोली चलेको थियो । एजेन्सीका अनुसार आक्रमणमा चार जना व्यक्ति संलग्न थिए ।
आक्रमणकारीले सर्वसाधारणमाथि गोली चलाएका र मन्चमा रहेका सैन्य अधिकारीलाई निशाना बनाउने प्रयास गरेका विवरणहरुमा उल्लेख गरिएको छ । हतियारधारी आक्रमणकारीले परेडका लागि बनाइएका मन्च नजिकै रहेको पार्कबाट आक्रमण गरेका हुन् । प्रहरीले दुई आक्रमणकारीलाई मारिदिएको छ भने अन्य दुई जनालाई गिरफ्तार गरेको बताइएको छ । इरानको रिभोलुशनरी गार्ड्सका प्रवक्ताले आक्रमण सुन्नी अलगाववादीहरुले गरेको बताएका छन् । उक्त सैन्य परेड ईरान–इराक युद्ध शुरुवातको ३० औँ वर्षगाँठ मनाउनका लागि आयोजना गरिएको थियो । अहवाज भन्ने ठाउँ खजेस्तान प्रान्तमा पर्छ जहाँ अरबीहरुको एउटा ठूलो समुदाय छ । अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मा लिएको छैन ।
प्रकाशित समय १७:४३ बजे

















