गृहपृष्ठ सप्तरीमा जिउँदै बच्चालार्इ पोस्टमार्टम गर्न लागेपछि तोडफोड

सप्तरीमा जिउँदै बच्चालार्इ पोस्टमार्टम गर्न लागेपछि तोडफोड

saptari-newskarobar

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जिउँदै बच्चालार्इ पोस्टमार्टम गर्न लागेको पाइएको छ । अस्पातालले जिउँदै बच्चालाई मृत्यु भएको घोषणा गरी पोस्टमार्टम कक्षमा राखेको अाफन्त र स्थानीयले थाहा पाएपछि शनिबार प्रदर्शन र तोडफोड भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने अशोक साहका १८ महिने छोरा अरब साहलार्इ सर्पले डसेपछि गए राति उपचारका लागि अस्पताल ल्याइएको थियो । तर, अस्पतालले मृतक घोषणा गरी पोस्टमार्टमको तयारी गरेको थियो । शनिबार बिहान गाउँले महिला आएर बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको देखेका थिए । त्यसपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका हुन् । प्रदर्शनका कारण अस्पतालपरिसर दिनभर तनावग्रस्त भएको छ ।

बच्चालाई भने तत्कालै एम्बुलेन्सबाट उपचारका लागि सर्पदंश उपचार केन्द्र चोहर्बा सिरहा पठाइएको थियो ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु