गृहपृष्ठ कांग्रेसको विधान संशोधन मस्यौदा तयार

कांग्रेसको विधान संशोधन मस्यौदा तयार

सोमबारदेखि प्रदेशस्तरीय छलफल

नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पारेको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी समितिले विधान संशोधन प्रारम्भिक मस्यौदा तयार गरिएको जनाएको हो । तीनवटा उपसमितिले दिएको सुझावको आधारमा पार्टीको मस्यौदा तयार पारिएको समितिका प्रवक्ता रमेश लेखकले बताए । पार्टीका महामन्त्री एवम् विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काका अनुसार संघीयतामा पार्टीलाई समाहित गर्न विधान संशोधन मस्यौदा तयारीको कामलाई अघि बढाइएको हो ।

विधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सोमबारदेखि शुक्रबारसम्म प्रदेशस्तरीय छलफल गर्ने उनले बताए । विभिन्न १२ स्थानमा हुने सो छलफलमा सभापति शेरबहादुर देउवासहितका नेताहरु सहभागी हुनेछन् । ‘प्रदेश स्तरीय छलफलपछि विधानलाई अन्तिम रुप दिइनेछ,’ समितिका सभापति खड्काले भने ।

प्रारम्भिक मस्यौंदामा ३३ प्रतिशत महिला पार्टीका सबै संगठनमा रहने प्रस्ताव गरिएको छ । त्यसैगरी अनुशासन समिति, निर्वाचन समिति, क्रियाशील सदस्य समिति पनि पार्टीमा रहने प्रस्ताव गरिएको छ ।
समितिले तयार पारेको मस्यौदालाई पार्टीको महासमिति बैठकले अनुमोदन गर्नेछ ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु