गृहपृष्ठ अर्थमन्त्रीले व्यापारीलाई भने– चोरीका सामान किनेर बेच्ने काम बन्द गरिहाल्नुस्

अर्थमन्त्रीले व्यापारीलाई भने– चोरीका सामान किनेर बेच्ने काम बन्द गरिहाल्नुस्

yubaraj-khatiwoda फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री नगर्न व्यापारीहरुलाई चेतावनी दिएका छन् । खासगरी फाइदाको लोभमा चोरीका सुन चाँदी र ग्याजेट सस्तोमा किनेर बेच्ने व्यापारीहरुलाई लक्षित गर्दै अर्थमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

शनिबार काठमाडौँमा नेपाल खुद्रा व्यापार संघको ३९ औँ वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले भने ‘सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिन्छ ।’ अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकारले त्यसै नछाड्ने बताए ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु