गृहपृष्ठ धनुषामा अपरिचित व्यक्तिको आक्रमणबाट एक जना घाइते
धनुषामा अपरिचित व्यक्तिको आक्रमणबाट एक जना घाइते
धनुषाधाम नगरपालिकामा एक व्यक्तिमाथी आक्रमण भएको छ । धनुषाधाम नगरपालिकाकाका ३० वर्षीय शिवकुमार सादामाथी अपरिचित व्यक्तिले आक्रमण भएको हो । उनको घाँटीमा धारिलो हतियारले आक्रमण गरिएको धनुषा प्रहरीले जनाएको छ ।
घाँटीमा गहिरो चोट लागेकाले सादाको जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागी बाठमाठडौं ल्याइएको छ । उनी बोल्न नसकेकाले कसले र किन आक्रमण गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:५८ बजे

















