गृहपृष्ठ फेसबुकमा स्टाटस सेयर गर्दा जिल्ला अदालतका कर्मचारी फन्दामा

फेसबुकमा स्टाटस सेयर गर्दा जिल्ला अदालतका कर्मचारी फन्दामा

असोज ३ गते अर्थात संविधान दिवसका दिन देशभरका कर्मचारीदेखि सर्वसाधारणहरु संविधान जारी भएको खुशियालीमा विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका थिए ।

तर प्रदेश नम्बर २ को अवस्था भने फरक थियो । संविधान दिवसको दिन अन्य प्रदेशमा देखिएको रौनकता प्रदेश २ मा भने देखिएन ।

त्यसैको प्रभावमा परेर जिल्ला अदालत धनुषमा करारमा खरिदार (डिठ्ठा) मा कार्यरत्त गुञ्जा रायले अरुले लेखेको स्टाटस मन परेर फेसबुकमै सेयर गरेकी थिइन् । तर आफूले उक्त कार्यले उनको रोजगारी नै संकटमा पर्छ भनेर सायदै उनले सोचेकी थिइन् ।

रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी असोज ३ गते संविधान दिवसको दिन कालो दिवसको पोष्ट फेसबुकमा सेयर गरेकै कारण आफूलाई कामबाट निकालिएको बताइन् । अदालतका स्रेस्तेदार राधाकान्त झाले आफूलाई अवकाश पत्र दिएर कारबाही गरेको उनको दावी छ ।

रायलाई थमाएको अवकाश पत्रमा ‘२०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागू हुने गरी तपाईलाई अवकाश दिइएको’ उल्लेख छ । तर राय जस्तै अन्य कर्मचारीहरु पनि अदालतमा कार्यरत छन् । तर उनीहरुको म्याद थपिएको भए पनि आफूलाई नियतवश अवकाश दिएको भन्दै व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको हनन् भएको उनको दावी छ । राय वि.स. २०७३ पुस १७ गतेदेखि जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा (करार)मा काम गरिरहेकी थिइन् ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु