गृहपृष्ठ एसिया कपमा भारतले पाकिस्तानलाई फेरि हरायो

एसिया कपमा भारतले पाकिस्तानलाई फेरि हरायो

एसिया कपको सुपर फोरमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

कप्तान रोहित शर्मा र शिखर धवनको शतकीय साझेदारीसँगै भारतले चिरप्रतिद्धन्द्धी पाकिस्तानलाई ९ विकेटले हरायो । भारतले एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

पाकिस्तानले पेश गरेको २३८ रनको चुनौती भारतले ३९.३ ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । शर्मा र धवनले पहिलो विकेटका लागि २१० रनको साझेदारी गर्न सफल भए । धवनले १०० बलमा ११४ रन बनाए भने कप्तान शर्माले ११९ बलमा अविजित १११ रन जोडे ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २३७ रन बनाएको थियो । ५८ रन जोड्डा नै उसले ३ विकेट गुमाएको थियो । धर्मराएको पारी सर्फराज अहमद र शोएब मल्लिकले सम्हालेका थिए । सर्फराज व्यक्तिगत ४४ रनमा आउट भए भने मल्लिकले ७८ रन जोडे ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु