गृहपृष्ठ भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुँदै

भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुँदै

‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । प्रदेशस्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागिएको विराटनगरको सिएमजी स्वास्थ्य क्लबले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

क्लबका अध्यक्ष किशोर धमलाले पछिल्लो समय नेपालमा भेट्रान खेलप्रति आकर्षण बढ्दो रहेकाले पनि प्रतियोगिता गर्न लागेको जानकारी दिए । ८ टिमको सहभागिता रहने प्रतियोगिता असोज २० देखि २७ गतेसम्म हुनेछ ।

प्रतियोगितामा विराटनगरको आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोड भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रान क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु