गृहपृष्ठ टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ
टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ
प्रहरीले टोखाबाट ३ किलो सुनसहित दुई जनालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका– १ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।
साेमबार राति पक्राउ परेका उनीहरुलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएकाे हाे । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:१९ बजे

















