गृहपृष्ठ ‘मैले बुढी मारेँ’ भनेर भागेका श्रीमान पक्राउ

‘मैले बुढी मारेँ’ भनेर भागेका श्रीमान पक्राउ

पोखरामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ परेका छन् । प्रहरीले ५५ वर्षीय यानबहादुर गुरुङलाई बिहीबार पक्राउ गरेको हो । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्बासी बस्तीमा उनले ६० वर्षीया श्रीमती श्रमायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा यानबहादुरलाई धानबारीबाट पक्राउ गरिएको हो । हत्या गरेपछि छिमेकीलाई ‘मैले बुढी मारेँ’ भन्दै उनी भागेका कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । श्रीमती भने प्यारालाइसिसबाट पीडित थिइन् ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु