गृहपृष्ठ प्राथमिक तहका शिक्षकको भरमा माध्यमिक विद्यालय
प्राथमिक तहका शिक्षकको भरमा माध्यमिक विद्यालय
शून्य दरबन्दीमा मावि सञ्चालन
पाल्पाका दुई विद्यालयमा रिब्दीकोट गाउँपालिकाको लक्ष्मी र भाष्कर माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकको भरमा सञ्चालन भइरहेको छ ।
मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भएको हो । प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन हुने गरेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरमा ध्यान दिइएको छैन ।
तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गरी विद्यालय धानिएको छ । दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत राम्रो तलव नहुँने भन्दै ति विद्यालयमा जान मान्दैनन् ।
कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा पनि शिक्षक दरबन्दी नहुँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन भइरहेको छ । भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । प्राविका शिक्षकले निमावि र माविमा समेत पढाउन थालेपछि पठनपाठन समेत कमजोर बन्दै गएको छ ।
भाष्कर माविमा नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्रीको भनाइ छ । गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाएको थियो । विद्यालयले यस वर्ष स्थानीयसँग रकम संकलन गरी शिक्षकलाई तलब खुवाउने योजना बनाएको छ ।
लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् । पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एक शिक्षकलाई साढे ८ हजार रुपैयाँ तथा अर्कालाई साढे ४ हजार रुपैया तलव उपलब्ध गराइएको छ ।
दुइ शिक्षकले मात्र पठनपाठन गराउन सक्ने स्थिति हुदैन भने प्रावि तहका शिक्षकको भरमा मावि चलेको छ । जिल्ला शिक्षा कार्यालय र मातहतका निकायले चासो नदिदा जिल्लाका अन्य विद्यालयमा समेत शिक्षक अभाव र पठनपाठन प्रभावित भइरहेको छ । (रासस)
प्रकाशित समय ०८:५० बजे

















