गृहपृष्ठ पाँच किलो सुनसहित काठमाडौंबाटै एक पक्राउ
पाँच किलो सुनसहित काठमाडौंबाटै एक पक्राउ
राजधानीको तारकेश्वर तीनपिप्ले भन्ने स्थानबाट पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
तीनपिप्लेमा चेकजाँच गर्दा महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार बेलुकी पाँच किलो सुन बरामद गरेको परिसरले जानकारी दिएको छ । सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो सुन रसुवा नाकाबाटै भित्र्याएको प्रहरीले जनाएको छ । सुन धनी भने फेला नपरेको र पक्राउ परेका तामाङ भरिया मात्र भएको प्रहरीको दाबी छ । धनीका विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
तामाङले बेलुकी पाँच बजेतिर कम्मर र जुत्तामा सुन लुकाएर ल्याएका थिए । उनले कम्मरमा तीन र जुत्तामा दुई किलो सुन बोकेका थिए ।
सोमबार त्रिभुवन विमानस्थलबाटै एक भारतीय नागरिक साढे दुई किलो अवैध सुन नेपाल ल्याउदै गर्दा पक्राउ परेका थिए । यसअघि असोज ९ गते रसुवागढी नाकाबाटै ल्याइएको तीन किलो अवैध सुनसहित दुई जना पक्राउ परिसकेका छन् ।
प्रकाशित समय ११:०४ बजे

















