गृहपृष्ठ छठ पर्वपछि संविधानलाई ‘ग्रहदशा’ लाग्छ : महतो

छठ पर्वपछि संविधानलाई ‘ग्रहदशा’ लाग्छ : महतो

rajendra_mahato फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आन्दोलनको चेतावनी दिएका छन् । राजविराजमा पत्रकारसँग अध्यक्ष महतोले संविधान संशोधन नभए छठ पर्वपछि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले मधेसी जनताको माग अनुसार संविधान संशोधन हुनुपर्ने बताए ।

संविधान संशोधनका लागि दुई तिहाइ आवश्क पर्ने भएकाले अहिलोको अहिलेको सरकारलाई समर्थन गरेको बताउँदै नेता महतोले संविधान संशोधन नभए आन्दोलनको विकल्प नभएको बताए । उनले संविधान संशोधन नभए संविधानलाई ग्रह दशा लाग्ने चेतावनी दिए ।

उनले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्ता गर्न समेत माग गरे

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु