गृहपृष्ठ हुम्लाबासीलार्इ दसैंमा चामल अभाव

हुम्लाबासीलार्इ दसैंमा चामल अभाव

दसैं नजिकिँदै गर्दा हुम्लाबासीले भने भातै खान नपाउने हुन् कि भन्ने चिन्ता बढेकाे छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो ।

चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य संकट हुने भएको छ । डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले आजदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण शुरु गरेको संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिए । गाउँमै उत्पादित अन्नले वर्षदिनमा ६ महीनासमेत खान पुग्दैन । यहाँका जनतालाई खाद्य संस्थानकै चामलको भर पर्नुपर्ने अवस्था छ ।

(रासस)

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु