गृहपृष्ठ राजधानीबारे निर्णय गर्न प्रदेश १ को कांग्रेस संसदीय दलको बैठक सुरु
राजधानीबारे निर्णय गर्न प्रदेश १ को कांग्रेस संसदीय दलको बैठक सुरु
प्रदेशको नाम र स्थायी राजधानीको विषयमा निर्णय गर्न नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलको बैठक सुुरु भएको छ । विराटनगरमा सुुरु भएको दलको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यहरुको राय बुझेर त्यस बिषयमा साझा दलको धारणा बनाउन बैठक आब्हान गरिएको जानकारी दिए ।उनले बैठकमा दलका तर्फबाट कुनै प्रस्ताव नलगिएको भएपनि प्रदेशको नामको बिषय र स्थायी राजधानीको बिषयमा बैठकमा गम्भीर छलफल हुने बताए ।
उनले त्यसपछि प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा दलले साझा धारणा तय गर्ने जानकारी दिए ।२१ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस प्रदेश नम्बर एकमा प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । कांग्रेस नेतृत्वको तत्कालिन सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेकाले पनि विराटनगर स्थायी राजधानी हुनुपर्नेमा पक्षमा कांग्रेसका अधिकांश सांसदहरु देखिदै आएको छन् ।
कांग्रेसले बुधबार साँझ मोरङका प्रदेश सांसदसँग प्रदेशको राजधानी र नामको बारेमा जिल्ला पार्टी कार्यालयमा छलफल गरेको थियो । सत्तापक्ष नेकपाको पनि प्रदशेको नाम र स्थायी राजधानीका विषयमा निर्णय गर्न संसदीय दलको बैठक बसेको थियो । नेकपाको बैठक दुई दिन चलेर स्थगित भएको छ । त्यसपछि बैठक बस्न सकेको छौन । मुख्यमन्त्री शेरधन राई भने राजधानी विराटनगर र संसाद सचिवालय इटहरी राख्नु पर्ने पक्षमा उभिएका छन ।
कुल ६७ जना सांसद रहेकोमा ५४ जनाले सांसदले नाम र स्थाथी राजधानीका विषयमा आफ्नो राय राखिसकेका छन । अब मुख्यमन्त्री, मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफ्ना धारण राख्न बाँकी रहेको छ ।नेकपाको दलको बैठकमा सांसदहरले विरटानगरसँगै इटहरी आसपास स्थायी राजधानी राख्नु पर्ने पक्षमा उभिएका छन् । उनीहरुले नामको बारेमा किँरात सगरमाथा र सगरमाथा किँरात हुनपर्ने पक्षमा मत जाहेर गरेका छन् ।
प्रकाशित समय १२:३४ बजे

















