गृहपृष्ठ नोबल शान्ति पुरस्कार : बलात्कारविरुद्धका अभियन्ता अभियाडेनिस र नदियालाई
नोबल शान्ति पुरस्कार : बलात्कारविरुद्धका अभियन्ता अभियाडेनिस र नदियालाई
यसवर्षको नोबल शान्ति पुरस्कार कंगोमा बलात्कारविरुद्धको अभियनमा संलग्न २ जना चिकित्सकले पाउने भएका छन् । कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुव्र्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस मुकेज र नदिया मुरादले पाउने भएका हुन् । उनीहरु बलात्कारविरोधी अभियन्ता हुन् ।
नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबल पुरस्कार घोषणा गरे । उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको भूमिकाका लागि नोबल शान्ति पुरस्कार दिन लागीएको हो ।
डेनिस मुकेज पीडितको रक्षाका लागि पुरै समर्पित भएका थिए । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुव्यवहारविरुद्ध आवाज उठाएकाले पुरस्कार दिईएको नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले बताएका छन् ।
उनले भने ‘उनीहरुको अभियानले युद्धको समयमा यौन दुव्र्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’
प्रकाशित समय १५:३४ बजे

















