गृहपृष्ठ भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ
भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ
भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा १६ लाख दुई हजार बराबरको सामान बरामदसमेत गरेको छ । पक्राउ पर्नेमा भारतको झजर अग्रवाल कलोनी–७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित गोयल छन् ।
उनिहरुको साथबाट महेन्द्र केयुभी गाडी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ०७:२५ बजे

















