गृहपृष्ठ सिसडोलवासीलाई काठमाडाैं महानगरकाे एम्बुलेन्स

सिसडोलवासीलाई काठमाडाैं महानगरकाे एम्बुलेन्स

नुवाकोटको ककनी गाउँपालिको सिसडोल क्षेत्रका प्रभावित बासिन्दाका लागि काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ ।

कामपाले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरुप आइतबार सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर सिसडोल क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गाउँपालिकाका प्रमुख मानबहादुर लामालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । काठमाडौंबाट फोहर लाँदा र सिसडोलमा थुपारिएको फोहरबाट प्रत्यक्षरुपमा प्रभावित भएका नागरिकलाई सहयोगस्वरुप एम्बुलेन्स हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले काठमाडौं उपत्यकाको १८ वटै स्थानीय निकायसँग समन्वय गरी तत्कालका लागि वैकल्पिक स्थान र केही समयपछि दीर्घकालीन फोहर व्यवस्थापन स्थान तय गर्न आफू लागिपरेको बताए ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु