गृहपृष्ठ टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र भुटानबीचको खेल सुरु

टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र भुटानबीचको खेल सुरु

nepali-cricket-newskarobar फाइल तस्बिर

टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया उपक्षेत्रीय छनोटअन्तर्गत नेपाल र भुटानबीच प्रतिस्पर्धा सुरु भएको छ ।

भुटानले टस जितेर फिल्डिङ गरिरहेको छ । समूह बी अन्तर्गतको यो खेल मलेसियाको युकेएम क्रिकेट ओभलमा खेलाइएको छ । कमजोर भुटानलाई पराजित गरे नेपालले दुई खेलअगाडि नै एसिया छनोटको फाइनल चरणमा स्थान बनाउनेछ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । थाइल्यान्डलाई भने १४० रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताका शीर्ष ३ टोली टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु