गृहपृष्ठ यू–१८ महिला फुटबल खेलाडीलाई जनही ५० हजार

यू–१८ महिला फुटबल खेलाडीलाई जनही ५० हजार

अखिल नेपाल फुटबल संघ एन्फा ले भूटानमा सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो । यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बंगलादेशसँग १–० गोलले पराजित भएर उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु