गृहपृष्ठ अब हाइड्रोजन रेल

अब हाइड्रोजन रेल

हाम्रा लागि ‘रेल सपना’ महत्वपूर्ण बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजाहजका कुरा गर्न थालेको पनि उनको अघिल्लो कार्यकालदेखि नै हो । त्यसका लागि केही कार्यहरु पनि हुन थालेका छन् । तर, विद्युतीय रेल, मोनो रेल र मेट्रो रेल अझैसम्म पनि सपना मै सीमित छ ।

उता विश्वमा भने रेलमा ठूलो विकास भइरहेको छ । कुरा हो जर्मनीको । जर्मनीले हाइड्रोजन रेल सार्वजनिक गरेको छ । यो विश्वकै पहिलो हाइड्रोजन रेल हो । यस रेलमा हाइड्रोजन ग्यासलाई इन्धनका रुपमा प्रयोग गरिएको एजेन्सीहरुले जनाएका छन् ।

सोमबारदेखि जर्मन यात्रुहरुले उक्त रेलमा जर्मन यात्रा गन्र्र पाएका छन् । जानकारहरु ठूला सवारी साधनका लागि हाइड्रोजनलाई फलदायी इन्धनका रुपमा मान्दछन् । यद्यपी डिजेल तथा अन्य इन्धनबाट चल्ने रेलभन्दा यो महंगो हुने एजेन्सीले उल्लेख गथरेका छन् ।

लोकोमोटिभ कम्पनी आल्सटोम प्रोजे्रक्टले यो रेल जर्मनीमा भित्र्याएको हो । कम्पनीले रेल किन्न महंगो हुने भए पनि चलाउन भने सस्तो पर्ने बताएको छ । कम्पनीका अनुसार एक ट्यांक हाइड्रोजन ग्यासले हजार किलोमिटरभन्दा बढीको दुरी रेलले तय गर्न सक्छ । सार्थ प्रतिघण्टा १ सय ४० किलोमिटरको रफ्तारमा रेल कुद्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु