गृहपृष्ठ लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

जैविक प्रयोग गर्नुको विकल्प छैनः कृषि मन्त्री पौडेल

प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले अबको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताएकी छन् । उनले किसानहरुलाई निर्वाहमुखी कृषिबाट व्यवसायिक बनाउने योजना मन्त्रालयले बनाएर अघि बढाउको जानकारी दिँदै सोही अनुसारको विकास गरी पाँच वर्षमा कृषिजन्य उत्पादन दोब्बर पार्ने बताएकी हुन् ।

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर डेभलपमेन्ट प्रालिको बुटवलमा सुभारम्भ गर्दै कृषिमन्त्री पौडेलले प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार भएको बताइन् । यसका लागि बिचौलिया भन्दा पनि किसानलाई उत्पादनको उचित मूल्य दिनुपर्ने र धेरै नाफा नखाएर कृषिजन्य सामग्रीहरु उत्पादन बिक्रि वितरण गर्नुपर्ने उल्लेख गरिन् ।

प्रविधिमा सुधार गरी किसानलाई आत्मर्भिर बनाउन प्रदेश सरकारले कोठामुखि तालिम गोष्ठीलाई परिर्वतन गरी किसानहरुको अपेक्षा अनुसार सम्बन्धित थलोमा नै प्रयोगात्मक कृषिजन्य तालिम आयोजना गर्न लागेको उनको भनाई थियो । मन्त्री पौडेलले भनिन्, ‘प्रविधिमा सुधार गरी प्रदेशको कृषि लगायतका अन्य विकासको अवधारणा अगाडि बढाएका छौं ।’ रसायानिक मलको विकल्पमा जैविक मल प्रयो गर्ने सरकारको योजना अनुसार रोल्पा र रुकुमबाट जैविक जिल्ला(अर्गानिक)को रुपमा पहिचान बनाउन प्रस्ताव आइसकेको उनको भनाई थियो ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु