गृहपृष्ठ बुद्धबाट आमालाई अभिधम्म देशना गर्दाको स्मरण
बुद्धबाट आमालाई अभिधम्म देशना गर्दाको स्मरण
कतिं पूर्णिमा(कार्तिक पूर्णिमा)का उपलक्ष्यमा काठमाडौंको श्रीखण्ड तरुमूल महाविहारमा कतिंपुन्हीको महत्व तथा गौतम बुद्धको अभिधम्म देशनामा आधारित बौद्धस्तोत्रसम्बन्धमा बौद्धगुरुबाट धर्मदेशना गरिएको छ ।
शाक्यमुनि बुद्धले आफ्नी आमा रानी मायादेवीका गुणलाई स्मरण गरी ‘त्रायतृंसति भुवन’ नामक देवलोकमा गई तीन महीनासम्म अभिधम्म देशना गरेको बौद्धग्रन्थमा उल्लेख छ । त्यस अवसरमा बौद्धस्तोत्र पाठ गरिनाका साथै वज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले कतिंपुन्हीको महत्व तथा बुद्धको अभिधम्म विषयमा धर्मदेशना गरेका थिए ।
बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यले बौद्धग्रन्थमा आश्विन शुक्ल पूर्णिमा अर्थात् कतिंपुन्हीको विशेष महत्व रहेको उल्लेख भएको बताए । अभिधम्ममा गौतम बुद्धले मानिसको चिन्तन तथा चित्त सम्बन्धमा विशेष धर्मदेशना दिएको व्याख्या गरिएको छ । आश्विन शुक्ल पूर्णिमाका दिन बुद्धको चैत्य तथा महाविहारमा अभिधम्म सूत्र पाठ, विशेष पूजाका साथ दीप प्रज्वलन गर्ने परम्परा छ । रासस ।
प्रकाशित समय १५:५७ बजे

















