गृहपृष्ठ भारतस्थित कांग्रेस आई अध्यक्ष राहुल गान्धीको गिरफ्तारी
भारतस्थित कांग्रेस आई अध्यक्ष राहुल गान्धीको गिरफ्तारी
मोदी सत्यसँग भाग्न सक्छन् तर छिप्न सक्दैनन्
कांग्रेस आई अध्यक्ष राहुल गान्धीले शुक्रबार गिरफ्तारी दिएका छन् । उनले सिबिआई निर्देशक आलोक वर्माको अधिकार खोसेर उनलाई छुट्टीमा पठाउने सरकारको कदमविरुद्ध शुक्रबार सिबिआई मुख्यालय बाहिर प्रदर्शन गर्दै गिरफ्तारी दिएका हुन् ।
गिरफ्तारी दिँदै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी सत्यसँग भागेको टिप्पणी गरे । मोदी सत्यसँग भाग्न सक्छन् तर छिप्न सक्दैनन्, राहुलले भने ।
राफेल लडाकु विमान सम्झौताको प्रसँग उठाउँदै राहुलले तीस हजार करोड रुपैयाँ अनिल अम्बानीको गोजीमा जम्मा गरिदिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘मोदीले भारतीय वायुसेना र युवाबाट पैसा खोसे, पूरै देशलाई यो थाह छ,’ राहुललाई उदृत गर्दै एबीपी न्युजले लेखेको छ, ‘प्रधानमन्त्री सत्यसँग भाग्न सक्छन् तर छिप्न सक्दैनन ।’
राहुलको आरोपका सम्बन्धमा प्रधानमनत्री कार्यालयले तत्काल प्रतिक्रिया जनाएको छैन । तर अम्बानीले भने आरोप लगातार अस्वीकार गर्दै आएका छन् । तर, राहुलले ‘सत्य सामुन्ने आउँछ’ भनेका छन् । उनले सिबिआई निर्देशकलाई हटाउँदैमा सत्य प्रभावित नहुने उल्लेख गरे ।
प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राहुलले प्रधानमन्त्री मोदीमाथि सिबिआई, चुनाव आयोग तथा प्रवर्तन निर्देशनालयसमेत अन्य संस्थाको वर्वाद गरेको आरोप लगाए ।
प्रकाशित समय १९:१७ बजे

















