गृहपृष्ठ एनी एस्ब्रोन : जसले २७ वर्षदेखि अन्न खाएकी छैनन्
एनी एस्ब्रोन : जसले २७ वर्षदेखि अन्न खाएकी छैनन्
नेपाल लगायतका राष्ट्रहरुका हिन्दु धर्मावलम्बी अन्तर्गतका वैष्णव सम्प्रदाय साकाहारी हुन्छन् । उनीहरुले माछा, मासु, अण्डा लगायतका मांशाहारी भोजन गर्दैनन् ।
अहिले हिन्दूको वैष्णव सम्प्रदाय मात्र नभई अन्य क्षेत्र तथा समुदायका मानिसहरुमा पनि साकाहारी हुने प्रचलन बढ्दै गएको छ । तर, कतिपयका लागि साकाहारी हुन एकदमै गाह्रो छ । साकाहारी त के अन्नसमेत नखानु त झन् गाह्रो विषय हो ।
तर, क्वीसल्यान्डकी एक महिलाले विगत २७ वर्षदेखि अन्न खाएकी छैनन् । ५२ वर्षीया एनी एस्ब्रोनको पछिल्लो २७ वर्षदेखिको खाद्यान्न भने फलफूल हो । उनले फलफूल खाएरै आफ्ना पछिल्ला २७ वर्ष गुजारेकी छन् ।

दुई सन्तानकी आमा एस्ब्रोन तन्दरुस्त छिन् । एजेन्सीले जनाएअनुसार २० वर्षको उमेरमा उनी शाकाहारी भइन् । यसलगत्तै उनले अन्न नखाने निर्णय गरिन् । पछिल्लो २७ वर्षदेखि केरा, मेवा, आप, एभोगाडो उनका मनपर्ने आहारा हुन् । एस्ब्रोन उनको यो डाइटले उनको तन्दुरुस्तीमा नकारात्मक असर नपारेको बताउँछिन् ।
उनले आफ्नो ‘डाइट’ पनि निर्धारण गरेकी छन् । जसअन्तर्गत एस्ब्रोन दैनिक २० केरा, प्रतिहप्ता १४ एभोगाडो र ४ अनानस खान्छिन् । एस्ब्रोनका अनुसार उनको इनर्जी लेवल, तौल ठीक छ । अझ उनले आफ्नो डाइट पर्यावरणका लागि पनि उपयुक्त भएको बताएकी छिन् ।
प्रकाशित समय ११:४० बजे

















