गृहपृष्ठ निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा निर्मलाका परिवार, अधिकारकर्मीलगायतले प्रदर्शन गरेका छन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अपराधी सार्वजनिक नगरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
धनगढीको चौराहाबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् । साउन १० गते बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् ।
प्रकाशित समय १४:१८ बजे

















