गृहपृष्ठ पर्क सोलर प्रोब : सूर्यको सबभन्दा नजिक पुग्ने यान

पर्क सोलर प्रोब : सूर्यको सबभन्दा नजिक पुग्ने यान

अमेरिकाको अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने संस्था नासाले ‘पार्क सोलर प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्ने यान भएको बताएको छ । नासाले प्रक्षेपण गरेको उक्त यान सूर्यको सबैभन्दा नजिक पुग्ने मानवनिर्मित अन्तरिक्षयान भएको बताएको हो । सोमबार नासाले यस सम्बन्धमा जानकारी दिँदै ट्वीट गरेको छ ।

डेढ अरब डलरको लागतमा निर्माण गरिएको उक्त यान सूर्यबाट २६.५५ मिलियन माइलको दुरीमा रहेको रेकर्ड बनाएको नासाले उल्लेख गरेको छ । यो अक्टोबर २९ दिउँसो १ः०४ बजे रेकर्ड गरिएको नासाले जनाएको छ ।

यसअघि सूर्यको सबभन्दा नजिक पुग्ने यानको रुपमा जर्मन–अमेरिकी हेलियस–२ एयरक्राफ्टले सन् १९७६ मा सूर्यको सबैभन्दा नजिक पुग्ने रेकर्ड बनाएको थियो । उक्त रेकर्ड नासाले तोडेको जनाइएको छ ।


गत अगस्टमा लन्च गरिएको उक्त मानवरहित यान सौर्य प्रणाली (सोलार सिस्टम)का कुन कुन कुराले पृथ्वीलाई प्रभावित पार्छ भन्ने अध्ययनका लागि पठाइएको नासाले जनाएको छ । त्यसैगरी आँधी आउनुको कारण पत्ता लगाउनु पनि यस अभियानको उद्देश्य रहेको नासाले जनाएको छ ।

सोलार प्रोबले सूर्यको सतहमा सबैभन्दा छिटो पुग्ने प्रोबको रेकर्ड बनाएको पनि समाचार एजेन्सीले जनाएका छन् ।

अक्टोबर ३१ मा सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने सम्भावना रहेको पनि जनाइएको छ । ‘हामी सूर्यको बिल्कुल नजिक पुगेका छौं,’ यसै सम्बन्धमा एक ट्वीट गर्दै नासाले भनेको छ, ‘सूर्यको सतहको २६.५५ माइलभित्र पुग्नुका सार्थ पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने स्पेसक्राफ्ट बनेको छ ।’

यसको उद्देश्य पृथ्वी सतहमा सूर्यबाट पर्ने प्रभावको अध्ययन गर्नु रहेको र प्रोबले त्यसो गर्न सकेमा विज्ञानको दुनियामा आजसम्मको सबैभन्दा ठूलो उपलब्धी हुने दावी गरिएको छ ।

तस्बिर : नासाको वेबसाइट

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु