गृहपृष्ठ कम्तीमा १८ महिना जन्मान्तर राख्नु आवश्यक

कम्तीमा १८ महिना जन्मान्तर राख्नु आवश्यक

शिशुको जन्मपश्चात पुनः अर्काे गर्भाधारणका लागि कम्तीमा एक वर्षको अवधि राख्नु आवश्यक रहेको एक अध्ययनले देखाएको छ । यसो गर्दा दुई शिशुबीच डेढ वर्षभन्दा बढी समयको फरक हुन जानेछ ।

उक्त अनुसन्धानले आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन एउटा शिशु जन्मेको कम्तीमा एक वर्षपछि अर्को गर्भधारण गर्नु उपयुक्त हुने देखाएको छ । विश्व स्वास्थ्य संगठनले भने जन्मान्तर कम्तीमा १८ महिना हुनु पर्ने बताएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार विश्व स्वास्थ्य संगठनले भन्ने गरे जस्तो जन्मान्तरको लागि १८ महिनासम्म कुर्नु आवश्यक छैन । ब्रिटिस कोलम्बिया विश्वविद्यालय तथा हावर्ड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ ।

यो निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन् । सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुकाबीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ । जबकी विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ । बिबिसी

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु