गृहपृष्ठ वैज्ञानिकको अनौठो खोज : कुकुरले पत्ता लगाउनेछ मलेरिया
वैज्ञानिकको अनौठो खोज : कुकुरले पत्ता लगाउनेछ मलेरिया
एक्काइसौं शताब्दीलाई विज्ञान प्रविधि एवं सूचना प्रविधिको युगका रुपमा चिनिन्छ । विज्ञान जगतमा जति जति विकास हुँदै गएको छ उति उति नै नयाँ नयाँ खोज र अनुसन्धान भइरहेको छ । जसका कारण मानव जीवन अझ उन्नत बन्दै गइरहेको छ ।
ब्रिटेन र कोलम्बियाका बैज्ञानिकले एक यस्तो खोज गरेका छन् जसले धेरैलाई आश्चर्यमा पार्नेछ । उनीहरुको अध्ययनले मलेरिया जस्ता रोगको पहिचान गर्न कुकुरले मद्दत गर्न सक्ने देखाएको छ । उनीहरुलई त्यस्ता विशेष तालिम दिइएका कुकरले मलेरिया जस्ता बिरामी पत्ता लगाउनेछन् ।
वैज्ञानिकहरुले कुकुरहरुलाई संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया लगाउनका लागि तालिम दिने काम भइरहेको छ । ब्रिटेनको डरहम विश्वविद्यालयले केही कुकुरलाई ‘मलेरिया डिटेक्ट’ गर्ने तालिम दिइरहेको छ । कुकुर जस्ता जनावरको प्रयोग गरेर मलेरियाको पहिचान, रोकथाम र निवारण गर्न सकिन्छ भन्ने उनीहरुको अपेक्षा छ ।
यद्यपी यो शोध सुरुवाती चरणमा रहेको भए पनि विशेषज्ञहरुले यसको परिणमले बिमारी पत्ता लगाउने नयाँ तरिका पत्ता लाग्ने अपेक्षा गरेको बीबीसी हिन्दीले लेखेको छ । अध्ययनले के देखाएको छ भने मलेरिया लागेको व्यक्तिको शरीरको गन्ध अली भिन्न प्रकारको हुन्छ । जसलाई कुकुरको सहायताले पत्ता लगाउन सकिन्छ ।
यसरी भएको थियो सुरुवात
पश्चिम अफ्रिकी राष्ट्र कोलोबियाको एक गाउँका बच्चालाई पूरै रात मोजा लगाउन लगाइयो । उक्त दुर्गन्धित मोजा ब्रिटेन पठाइयो । पठाइएका १७५ जोर मोजामा ३० मोजामा परजीविको संक्रमण पइयो ।
अमेरिकास्थित सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणाममा कुकुर मलेरिया पत्ता लगाउन सक्छ । ती कुकुरले १० संक्रमित सेम्पलमध्ये ७ सेम्पलमा मलेरियाको सही पहिचान गरेका थिए । यद्यपी १० स्वस्थ बच्चामा एउटामा मलेरिया देखाउँदा ति कुकुर गलत सावित भएका थिए । शोधको नेतृत्व गरिरहेका डरहम विश्वविद्यालयका प्राध्यापक स्टीब लिड्सेले आफू परिणमप्रति वास्तवमै उस्ताहित भएको तर नियमित रुपमा प्रयोग गर्नका लागि कुकुर अझै पूर्ण रुपमा तयार भइसकेका थिएनन्् भनेको भारतीय न्युज च्यानल अमर उजाला लेखेको छ ।
समाचार अनुसार उनले कुकुरलाई अझै प्रशीक्षित गर्नु आवश्यक रहेको र मोजाको सट्टा मानिसमै पहिचान गर्न लगाउनु आवश्यक रहेको बताए । त्यसै गरी यी कुकुर मलेरियाका अन्य प्रकारको पनि सुघ्न सक्छन् कि सक्दैनन् त्यसको पनि जाँच हुनु आवश्यक रहेको उनले बताए ।
विदेशी सञ्चार माध्यमको सहायतामा
प्रकाशित समय १८:३० बजे


















