गृहपृष्ठ अर्थमन्त्री भन्छन्- करको दायरा बढाउँछाैं
अर्थमन्त्री भन्छन्- करको दायरा बढाउँछाैं
फाइल तस्बिर
अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाउने बताएका छन् । विश्व बैंकले तयार पारेको नेपाल डेभलपमेन्ट अपडेट २०१८ बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले करको दर नभर्इ दायरा बढाइने बताए ।
सरकार सञ्चालनको सुरुको दिनमा केही समस्या भएकाले करको दर बढाइएको उनले बताए । उनले भने, ‘सुरुमा केही समस्या थियोफ अब विस्तारै व्यवस्थापन हुँदैछ ।’
अर्थमन्त्री खतिवडाले बैंकहरुलाई छोटो समयावधिमा खेल्नतिर रमाउनभन्दा पनि दीर्घकालीन रुपमा हेर्न आग्रह गरे । ‘बैंकहरु नै लङ टर्म नसोचेर सर्ट टर्ममा खेल्न लागेका कारण मार्केटमा लोनेबल फण्ड छैन,’ उनले भने, ‘बैंकका साथीहरुले अब यसतर्फ पनि सोचिदिनु पर्यो ।’
उनले निजी क्षेत्रलार्इ पारदर्शी हुन अाग्रह गरे । डुइङ बिजनेस रिपोर्टमा नेपाल गत वर्षभन्दा पनि ५ स्थान तल झरेको छ । यसमा अर्थमन्त्रीले गत वर्ष आएका कानुनका कारण नेपालमा व्यावसायिक वातावरणमा केही असर गरेको बताए ।
नेपाल लोकल्याणकारी राज्य भएकाले उद्योगीलार्इ भन्दा श्रमिकलाई हेरेर नीति बनाउँदा डुइङ बिजनेस रिपोर्टमा असर देखिएको अर्थमन्त्री खतिवडाले भनाइ छ ।
प्रकाशित समय १८:२३ बजे

















