गृहपृष्ठ प्रधानमन्त्रीलाई फेरि भेटे प्रचण्डले
प्रधानमन्त्रीलाई फेरि भेटे प्रचण्डले
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः अस्पतालमै पुगेर भेट गरेका छन् ।
त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई शुक्रबार प्रचण्डले अस्पताल पुगेर भेट गरेका हुन् । त्यसक्रममा उनले ओलीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए ।
सो क्रममा नेकपाका दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरु अस्पताल पुगेका थिए ।
प्रकाशित समय १३:१९ बजे

















