गृहपृष्ठ पोखरा प्रिमियर लिग : चितवन ४ विकेटले विजयी

पोखरा प्रिमियर लिग : चितवन ४ विकेटले विजयी

ppl_newskarobar

पोखरा प्रिमियर लिगको शनिबार भएको खेलमा चितवन राइनोले बिराटनगर टाइटसन्लाई ४ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ४ बल बाँकी रहदा ६ विकेटको क्षतिमा पूरा गर्याे ।

२० औं ओभरमा चितवनका सनी पटेलले चार छक्का र चार चौका प्रहार गरे भने सोनु तामाङले चौका प्रहार गरेपछि चितवनले जित हाँसिल गरेको हो । चितवनको जितका लागी पटेलले २४ बलको मद्दतमा ५१ रन बनाए ।

चितवनका आरिफ सेखले ३५ समित पटेलले २१ र अनिल साहले १३ रन जोडे टस जितेर व्याटिङ रोजेको विराटनगरले खेलमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो । विराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने प्रदीप ऐरी र पुष्पा थापाले ११ रन बनाए ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु